कोलम्बियामा भएको हेलिकोप्टर दुर्घटना पाँच प्रहरीको मृत्यु
मलेसिया / कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो ।
आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिएका छन् । उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिनुभएको छ । उक्त विज्ञप्तिमा उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन् ।
ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा सवार रहेका कोलम्बियाली प्रहरी सेवाका पाँच अधिकारीलाई गुमााउनु परेको छ भनिएको छ । ती प्रहरीहरु यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ ।
ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस