कोरोना संक्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ ।
त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताए। सहप्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक शिक्षकमा मनोज चौरसिया र नविन कर्णको सङ्क्रमणका कारणले निधन भएको छ ।
त्रिविले अहिलेसम्म ६१६ जना शिक्षक, कर्मचारी सङ्क्रमित भएको जनाएको छ । त्रिविले सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सबै परीक्षा स्थगन गरेको छ । सङ्क्रमणका कारण त्रिविका ७९ शिक्षण इकाइले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले जानकारी दिए।
आंशिक अनलाइन कक्षा सञ्चालन भएकोमध्ये ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशत भन्दा बढी कक्षा भइरहेका छन् । त्रिविले चार वटा निकायमा अनलाइन कक्षा सञ्चालनको तयारी गरेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस