४० माइक्रोन भन्दा पातला प्लास्टिक उत्पादन रोक्न वातावरण विभागको आग्रह
काठमाडौं । वातावरण विभागले ४० माइक्रोन भन्दा पातला प्लास्टिक उत्पादन रोक्ने पूर्वतयारी गर्न उद्योगहरूलाई आग्रह गरेको छ ।
सरकारले आउँदो साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाउने जानकारी गराउँदै त्यसअघि नै पातला प्लास्टिकको उत्पादन रोक्न भनेको हो ।
विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले प्रेस विज्ञप्ति निकालेर अहिले पातला प्लास्टकि उत्पादन गरिरहेका उद्योगहरूले मेसिनको पाटपुर्जा परिवर्तन गरेमा त्यसको खर्च अनुदान स्वरूप उपलब्ध गराउने जानकारी गराएका छन् ।
सरकारले आउँदो वर्षको बजेटमा साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । विभागले व्यापारिक प्रतिष्ठानहरूमा प्लास्टिक झोलाको सट्टा सुती, जुट वा कागजका झोला प्रयोग गर्न पनि आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस