• जीवनशैली | Jiwanshaili
  • मंगलबार यी स्थानमा हावाहुरी सहित पानी पर्ने


    आज २०७८ जेठ १८ गते मंगलबार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

    प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य भूभागहरुका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रहेको तथा प्रदेश १ लगायत देशका पहाडी भूभागहरुको एक दुइ स्थानहरुमा हल्का वर्षा भएको छ ।

    मंगलबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ । देशभर पहाडी भूभागका केहि स्थानहरू तथा तराइका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का वर्षा को सम्भावना रहेको छ । प्रदेश १, वागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

    मंगलबार राती प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली र वाकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकि प्रदेशमा एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का सम्भावना रहेको छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस