चीनले अनुदानमा दिएको खोप जेठ २५ गतेदेखि लगाइने
काठमाडौं । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइने भएको छ।
स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेको बैठकले १० लाख डोज चिनियाँ खोप २५ गतेबाट लगाउने निर्णय गरेको हो । बैठकले चीनबाट अनुदानमा आउने खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरेको खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए। यो उमेर समूहका नागरिक करिब साढे ८ लाख रहेको मन्त्रालयको अनुमान छ।
हिमाली जिल्लाका हकमा भने १८ वर्ष उमेर माथिकालाई पनि खोप दिने सकिने निर्णय भएको डा. गौतमले बताए । चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोपमध्ये ९ लाख खोप नेपाल ल्याइसकिएको छ भने १ लाख खोप भोलि ल्याइँदैछ।
गत जेठ २२ गते गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनपिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए। सोही घोषणाबमोजिम खोप नेपाल ल्याइएको हो।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस