• जीवनशैली | Jiwanshaili
  • भारतमा कोरोनाको दोस्रो लहरमा झण्डै ६ सय चिकित्सकको मृत्यु


    एजेन्सी । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रताडित बनेको मुलुक भारतमा उपचारमा संलग्न चिकित्सकको मृत्युको आंकडा पनि निकै उच्च रहेको छ ।

    हालसम्म भारतमा झण्डै ६ सयजना चिकित्सकको निधन भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईले इन्डियन मेडिकल एसोसिएशनलाई उधृत गरेर जनाएअनुसार दोस्रो लहरको क्रममा हालसम्म ५९४ जना चिकित्सकको मृत्यु भएको हो ।

    राजधानी दिल्लीमा मात्र यो लहरमा १०७ जना चिकित्सकको मृत्यु हुँदा उत्तर प्रदेशमा ६७ जना चिकित्सकको ज्यान गएको हो । पछिल्ला केही दिनयता कोरोना संक्रमणको संख्या कम हुँदै गए पनि उच्च जोखिम बाँकी नै रहेको जनाइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस