बर्सातले सडकसहित विद्यालयमा क्षति
डोटी / केही दिनयतादेखि भइरहेको लगातारको बर्सातका कारण यहाँका विभिन्न स्थानमा क्षति पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बर्सातका कारण पहिराले यहाँका विभिन्न ठाउँमा रहेका ग्रामीण सडक, कुलादेखि विद्यालयमा समेत क्षति पु¥याएका निवेदन दर्ता हुने क्रम बढेको छ । बर्सातका कारण यहाँका विपीनगर गड्सेरा, सायल, आदर्श, मुडभारा सडकमा चिरा पर्नाका साथै सडकसमेत भत्किएको बताइएको छ ।
समयमै मर्मतसम्भार नगरिए यहाँका गाउँमा सडकमा सवारी साधन चलाउन नसकिने अवस्थामा भएको गड्सेराका स्थानीयवासी लीलाधर विष्टले जानकारी दिनुभयो । यसै सिलसिलामा तीन/चार दिनदेखिको लगातारको बर्सातले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माविमा समेत लाखौँको क्षति पुगेको छ । बर्सातले पर्खाल भत्किदा विद्यालयमा समेत क्षति पुगेको प्राचार्य इन्द्रबहादुर बमले बताए । उनले भने, “बर्सातले पर्खाल भत्काएको छ, विद्यालय भवनमा समेत चिरा परेको छ, विद्यार्थीलाई पढाउन समस्या हुने स्थिति आएको छ ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस