ब्ल्याक फंगसबाट वीरगंजमा तीन जनाको मृत्यु
वीरगंज । ब्ल्याक फंगसबाट वीरगंजमा तीन जनाको मृत्यु भएको छ ।
उपचारको क्रममा ब्ल्याक फंगस म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगंज र काठमाडौँसहितका अस्पतालमा तीन जनाको मृत्यु भएको हो । नारायणी उपक्षेत्रीय अस्पतालका कोभिड(१९ उपचार इन्चार्ज चिकित्सक डा। नीरज सिंहका अनुसार ब्ल्याक फंगसबाट वीरगंज महानगरपालिका २७ अलौंकी ६५ वर्षीया महिला, बारा जिल्ला घर भई विरगञ्ज बस्दै आएका ५५ वर्षीय पुरुष र वीरगंज १३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
वीरगंजमा ८ जनामा ब्ल्याक फंगस संक्रमण भेटिएको हो । त्यस मध्ये तीन जनाको मृत्यु भएको छ भने बाँकी ५ जनालाई थप उपचारका लागि भारत पठाइएको चिकित्सक सिंहले बताए । कोभिड १९ संक्रमित व्यक्तिमा लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको संक्रमण देखापर्ने गरेकोमा आठै जना कोभिडबाट निको भइसकेकाहरूमा पाइएको उनले बताए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस