भक्तपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
कोरियाली स्वयंसेवा कार्यक्रमअन्तर्गत कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पताललाई रु पाँच लाखभन्दा बढीका स्वास्थ्य उपकरण एवं सामग्री हस्तान्तरण गरेको छ ।
नगरप्रमुख मदनसुन्दर श्रेष्ठको उपस्थितिमा कोइकाका विश्व निर्देशक बुङचिओल किमले अस्पतालका प्रशासन अधिकारीलाई हालै एक थान अक्सिजन कन्सन्ट्रेटर, २३० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), १० हजार थान शिरकवच, ८४ बाकस पञ्जा र पाँच हजार थान मास्क हस्तान्तरण गर्नुभएको यहाँस्थित कोइकाको कार्यालयले आज जनाएको छ ।
गणतन्त्र कोरियाले सन् १९९१ देखि नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, सूचना तथा सञ्चार प्रविधि र पर्यटन विकासमा स्वयंसेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस