• जीवनशैली | Jiwanshaili
  • कैलालीमा एक जना कालो ढुसी संक्रमितको मृत्यु


    कैलाली । कैलालीमा एक जना म्यूकरमाइकोसिस कालो ढुसी संक्रमितको मृत्यु भएको छ।

    सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। सूचना अधिकारी श्रेष्ठका अनुसार जेठ १७ गते देखि अस्पतालमा उपचाररत उनको बिहिबार बिहन ७ बजे मृत्यु भएको हो। श्रेष्ठले ती पुरुषले पिसिआर परिक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको बताए।

    मृतकको उपचारमा संलग्न डाक्टर शेरबहादुर कमर ,डाक्टर निशान भट्टराई र डाक्टर अशोक श्रीपाईलीको टिमले उनमा कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा पुष्टि भएको थियो। मधुमेह, क्यान्सर लगायतका बिरामीमा यसको समस्या बढी देखिने चिकित्सहरुले बताएका छन्।

    यस रोगबाट बच्न आफ्नो शरीरमा रोगप्रतिरोधी क्षमतालाई घट्न नदिने कुरामा चनाखो हुनु पर्नेमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर निशान भट्टराईले बताए ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस