नदीको बहाव बढेपछि पुल निर्माण रोकियो
गत केही दिन निरन्तर वर्षा भएर कालीगण्डकी नदी बढेपछि निर्माण भइरहेको पक्की पुलको काम रोकिएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने गरी निर्माण भइरहेको पक्की पुल नदीमा वहाव बढेपछि रोकिएको हो । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि पुल निर्माण भइरहेको थियो । तर वर्षापछि आएको बाढीले पुलको पिल्लर, पानी तान्ने मेसिन डुबाएपछि काम प्रभावित भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए ।
पुल निर्माणका लागि बीच भागको पिल्लर उठाउने काम हुँदै थियो, वर्षापछि नदी बढेर पिल्लर नै डुबायो,” उनले भने, “नदीले केही मेसिन समेत डुबाएको छ ।” सिग्देलका अनुसार अब पानीको बहाव घटेपछि मात्रै काम शुरु हुनेछ ।
असार लागेपछि झन् बढी वर्षा हुने भएकाले त्यस अगावै बीच भागको पिल्लर सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको थियो । निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गरिएपनि वर्षाका कारण काम रोकिएको सिग्देलले बताए । सिग्देलका अनुसार तनहुँ तर्फको फाउण्डेशनको काम सकिएको छ भने पाल्पा तर्फको काम हुन बाँकी छ ।
असार लागेपछि झन् बढी वर्षा हुने भएकाले त्यस अगावै बीच भागको पिल्लर सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको थियो । निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गरिएपनि वर्षाका कारण काम रोकिएको सिग्देलले बताए । सिग्देलका अनुसार तनहुँ तर्फको फाउण्डेशनको काम सकिएको छ भने पाल्पा तर्फको काम हुन बाँकी छ ।
दुई सय १० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ । हालसम्मको पुलको ३० प्रतिशत काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद १५ महिना बाँकी छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस