एम्बुलेन्स र ट्रक ठोक्किँदा एकको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा सर्लाहीको बाग्मती नगरपालिका–४ का ६६ वर्षीय जीतबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । मृतक थिङको भरतपुरबाट कोरोना संक्रमणको उपचारपछि डिस्चार्ज भई एम्बुलेन्समा घर फर्किने क्रममा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृतक थिङ चढेको प्र१००५च ३६३८ नंको एम्बुलेन्सले सोही दिशाबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ४३८० नंको ट्रकसँग ठाेक्किएर दुर्घटना भएको हो । एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएको र उनीहरुको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस