कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ निधन
काठमाडौं । कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वीएल वाइवा)को निधन भएको छ ।
नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य वाइवाको बिहीबार साँझ ६ः२० बजे झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए ।
उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
२००० साल फागुनमा जन्मिएका तामाङ वामपन्थी नेता जयगोविन्द शाहको नेतृत्वमा ग्रामीण वर्गसंघर्ष हुँदा ‘तमसुक फट्टा’ आन्दोलनमा सक्रिय भएर उत्पीडित वर्गको पक्षमा उभिएका थिए ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शोक विज्ञप्ति निकालेर तामाङको निधनबाट नेपाली राजनीतिले सच्चा राष्ट्रवादी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रचण्डले उनलाई सादा जीवन, सरल र जुझारु तथा किसान र मजदुरबीच लोकपि्रय नेताको रुपमा स्मरण गरेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस