२४ घण्टाभित्र तीनको मृत्यु
दमक / पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।
यसअघि बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ः०० बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । सो अस्पतालमा आज बिहानसम्म २५ कोरोना सङ्क्रमित उपचाररत छन् ।
गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कूल ७९ सङ्क्रमित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्यत्र रेफर गरिएको छ भने २२ जना उपचारपछि निको भएका कोभिड फोकल पर्सन मोतेले बताए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस