कोभिड सङ्क्रमितलाई भत्ता र मृतकका परिवारलाई आर्थिक सहयोग
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड—१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई रु २५ हजार उपलब्ध गराउने भएको छ ।
कोभिड—१९ सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी दुम्वापोले बताए । उनले भने,“कोभिड—१९ सङ्क्रमितलाई पौष्टिक आहार फलफूल, चना, अण्डा उपलब्ध गराउने निर्णय गरेका थियौँ । कसैको घरमा गुजारा चलाउनै समस्या भएको छ । त्यसैले नगद उपलब्ध गराइयो भने आफ्नै आवश्यताअनुसार खर्च गर्न सक्ने भएकाले नगद प्रदान गर्ने निर्णय गरिएको हो ।” गाउँपालिकामा सक्रिय कोभिड सङ्क्रमित ३३ जना रहेको र १० जना निको भइसकेको स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले बताए । कोभिड सङ्क्रमणबाट एकको मृत्यु भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस