• जीवनशैली | Jiwanshaili
  • अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले कोरोनाको विषयमा पुनः चीनमाथि निशाना साँधे


    एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले एकपटक पुनः कोरोनाभाइरसको विषयमा चीनमाथि निशाना साँधेका छन् ।

    उनले आफ्नो बयानमा ‘डाक्टर फाउची र चीनबीच जे जति कुराकानी भएको छ, त्यसलाई कसैले पनि नजरअन्दाज गर्न सम्भव छैन भनेका छन् । पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसलाई ‘चिनियाँ भाइरस’ र ‘ऊशान भाइरस’ भन्ने गर्छन् । चीनले यो विषयमा कडा आपत्ति जताएको थियो र यसलाई जातीवादी बताएको थियो ।

    यस वर्षको सुरुवातमा विश्व स्वास्थ्य संगठनको एक समूह महामारीसँग सम्बन्धित तथ्यबारे पत्ता लगाउन ऊहान गएको थियो । यद्यपि, मार्चमा आफ्नो रिपोर्ट जारी गरेर डब्ल्यूएचओले कोरोनाभाइरस ऊहानको प्रयोगशालाबाट संसारभरी फैलिएको थियो भन्ने कुरालाई पुष्टि गर्न पर्याप्त तथ्य फेला नपरेको बताएको थियो ।

    चीनमाथि अनुसन्धानमा विश्व स्वास्थ्य संगठनको समूहलाई सहयोग नगर्न र ऊहान प्रयोगशालासँग सम्बन्धित जानकारी लुकाएको आरोप पनि लागिरहन्छन् ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस