• जीवनशैली | Jiwanshaili
  • कोरोनाबाट १९ पत्रकारको मृत्यु, नौ सय संक्रमित


    काठमाडौं । कोरोनाको पहिलो र दोस्रो लहरमा गरी देशभर १९ पत्रकारको मृत्यु भएको प्रेस काउन्सिलले जनाएको छ।

    प्रेस काउन्सिलका वरिष्ठ प्रशाकसीय अधिकृत दीपक खनालका अनुसार अहिलेसम्म देशभर नौ सय जना पत्रकार संक्रमित भएका छन् । संक्रमितमध्ये अहिले पनि ३० जना अस्पतालमा उपचाररत रहेका छन्। उनीहरूमध्ये पाँच जनालाई आईसीयू र भेन्टिलेटरमा राखिएको काउन्सिलले जनाएको छ। अहिले पनि दुई सय पत्रकार सक्रिय संक्रमित रहेका छन्।

    यस्तो अवस्थामा पनि कतिपय सञ्चारमाध्यमका सञ्चालक तथा लगानीकर्ताले श्रमजीवि पत्रकार ऐनअनुसार पारिश्रमिक नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाट हटाउने गरेको पाइएको काउन्सिलले जनाएको छ। यस विषयमा काउन्सिलमा उजुरी आएको र गम्भीर छलफल भएको जनाएका छ।

    यस्ता घटनामा काउन्सिलको ध्यानाकर्षण भएको जनाउँदै अहिले कुनै पनि पत्रकारलाई सेवाबाट नहटाउन, कामबाट बञ्चित नगर्न र श्रमजीवि पत्रकार ऐन अनुसार पारिश्रमिक दिन आग्रह गरेको छ।

    अहिलेसम्म हटाएका पत्रकारलाई सेवामा पुनःस्थापना नगरिएमा, काममा नलगाएमा तथा सेवा सुविधा नदिएमा स्थलगत अध्ययन गर्ने र कारबाही गरिने काउन्सिलले जनाएको छ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस