अस्पतालका २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा रहेको शय्यामध्ये २० प्रतिशत बालबालिकाहरुका लागि छुट्याउन निर्देशन दिएको छ।
शुक्रबार एक सूचना प्रकाशित गरी मन्त्रालयले आगामी दिनमा कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउने सम्भावना रहेको र त्यो बालबालिकाको लागि बढी प्रभाव पार्नसक्ने भन्दै नियन्त्रणको तयारी गर्न निर्देशन दिएको हो।
सूचनामा २० प्रतिशत शय्या र अक्सिजनसमेतको व्यवस्था मिलाउन भनिएको छ। हाल फैलिरहेको दोस्रो लहर स्वास्थ्यकर्मीलगायतको अथक प्रयासका कारण नियन्त्रणभित्रै रहेको मन्त्रालयको भनाई छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस