सङ्क्रमण घटेसँगै अस्पतालमा शय्या खाली
कोरोना संक्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका श्यया खाली भएका छन् ।
लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० श्ययामध्ये ४४ श्यया खाली भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले भेरीमा १४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका १३० श्ययामध्ये ५२ श्यया खाली छन् । अठहत्तर बिरामी भर्ना भएकामा ७० सिकिस्त छन् ।
यसैगरी वेस्टर्न अस्पतालका १६ सर्जिकल श्ययामध्ये १३ श्यया र युनाइटेड अस्पतालका १५ श्ययामध्ये १० श्यया खाली भएका छन् । बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस