अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको रुसी राष्ट्रपति पुटिनको भनाई
एजेन्सी । रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आगामी महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल हुने बताउका छन् । दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला रसियाले आगामी दिनमा अमेरिकासँग मिलेर अघि बढ्न चाहेको बताए ।
विपक्षी दलका नेता नवाल्नी क्रेमलिनप्रति पुटिन सरकारले गरेको व्यवहारप्रति अमेरिकाले कडा आलोचना गरेसँगै दुवै देशको सम्बन्ध थप चिसिएको थियो । यस्तै युक्रेनको द्वन्द्व र अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको र ह्याकरहरुले साइबर आक्रमण गरेको लगायतका घटनामा रुसको संलग्नता रहेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।
राष्ट्रपति पुटिनले कोरोना महामारीको बेलामा साभा मुद्दा लिएर अघि बढ्न तयार रहेको पनि बताएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस