वीरगञ्जमा असार १ गतेदेखि विद्यालय खुल्ने
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाभित्र असार १ गतेदेखि क्रमिक रुपमा विद्यालय खुल्ने भएका छन् ।
असार १ गतेदेखि कक्षा ८ भन्दा माथिका कक्षा सञ्चालन गर्ने निर्णय भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलाले जानकारी दिए । विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौलमा परेकोले क्रमिक रुपमा विद्यालय खोल्ने रणनीति अनुसार असार १ गतेदेखि माथिल्लो तहको कक्षा सञ्चालन गर्ने निर्णय भएको उनको भनाइ छ ।
विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गर्न विद्यार्थीका भिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले विज्ञप्ती निकालेर जानकारी दिए । यस्तै वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरुमा असार १ देखि ७ गतेसम्म विद्यार्थी भर्नालगायत व्यवस्थापकीय काम हुने भएको छ ।
यही असार ८ देखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाको निर्णय रहेको छ । असार १५ गतेपछि भने नियमित रुपमा सबै विद्यालय खोल्ने तयारी भएको महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस