• जीवनशैली | Jiwanshaili
  • आइतबारकाे माैसम यस्ताे छ


    आज २०७८ जेठ २३ गते आइतबार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
    अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बँकी प्रदेशहरुमा आँशिक बदली रहेको छ।
    आईतबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    यसै गरी आईतबार राती पहाडी भू भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस