ढल्ने अवस्थाका विद्युत् पोलका कारण आगलागीको जोखिम
डोटी / पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको जिल्लाको सबैभन्दा पुरानो बजार पिपल्लामा विस्तार गरिएका विद्युत्का पोल मर्मत नगरिएका कारण आगलागीको जोखिममा बढेको छ । बजारमा विद्युत् विस्तारका लागि गाडिएका पोल पुराना भएका तथा मर्मत र व्यवस्थित नगरिएका कारण जोखिम बढेको हो ।
वर्षौंपहिले गाडिएका पोल खिया लागेर केही भाँचिएका छन् भने केही पोल ढल्ने अवस्थामा रहँदासमेत सम्बन्धित निकायले मर्मतसम्भारका लागि पहल नचालेका कारण आगलागीको जोखिम बढेको स्थानीयवासीको गुनासो छ । बजारवासीले पुराना तथा खिया लागेर ढल्ने अवस्थाका पोल मर्मतसम्भार गर्न तथा नयाँ पोल राख्न विद्युत् कार्यालयलाई आग्रह गर्दा पनि कुनै वास्ता नगरेको दिपायल पिपल्लाका बासिन्दा मोहनबहादुर पातलीले आरोप लगाए ।
दैनिकको हावाहुरी र बर्सातका कारण बजारको चारैतिर विद्युत लाइन दिइएको पोल ढल्ने अवस्थामा पुगेका छन् । यहाँको दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजारमा पोल गाडेको ठाउँबाट नाली बनाइएका कारण विद्युत् पोल ढल्ने अवस्थामा पुगेका छन् । बजारका व्यापारीले पटकपटक विद्युत् कार्यालयलाई जानकारी गराउँदा पनि पोल मर्मतका लागि कार्यालयले कुनै प्रक्रिया अगाडि नबढाएको व्यापारी दिव्यराज पाठकले बताए।
विद्युत् कार्यालय र त्यहाँका कर्मचारीले पोल गाडीका ठाउँबाट नाली निर्माण गर्दा पोल ढल्ने खतरा बढेको जानकारी पाए पनि सार्नका लागि कुनै पहल नचालेका कारण आगलागी हुने खतरा बढेको हो । यहाँका बजारमा पोल ढलेको खण्डमा बजारमा तार खसेर पूरै आगलागी हुने सम्भावना रहेको अर्का स्थानीयवासी मानबहादुर धामीले बताए ।
विद्युत् कार्यालय दिपायल पिपल्ला केन्द्रका सहायक प्रमुख विश्वनाथ शाहले अव्यवस्थित पोल सार्न तथा पुराना काम नलाग्ने ढल्ने अवस्थाका पोल मर्मतका लागि पहल भइरहेको बताए । पुराना खिया लागेका तथा नाली निर्माण गर्दा ढल्ने अवस्थामा रहेका पोल जुनसुकै बेला पनि ढल्न सक्ने भन्दै स्थानीय व्यापारीमा त्रास फैलिएको छ । हावाहुरी आउँदा विद्युत्को पोल ढल्छ कि भन्ने चिन्ता लागि रहने बताउँदै अर्का व्यापारी रामबहादुर बमले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस