जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा विवरण माग
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र अरू कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउनका लागि विवरण मागेको छ ।
मन्त्रालयले सबै सरकारी अस्पताल, प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश सामाजिक विकास मन्त्रालय र पालिकाहरूलाई पत्र पठाएर विवरण मागेको हो । पत्रमा आइसोलेशन सेन्टर, प्रयोगशाला, अस्पतालहरूलाई कोरोना उपचार गर्ने सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीहरूको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिस्ट र ड्युटीमा खटिएकाहरूको मात्र तलबी भर्पाइ एक हप्ताभित्र उपलब्ध गराउन भनिएको छ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा अरू कर्मचारीहरुलाई तलबको ५० प्रतिशत जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस