फुड बैंक सञ्चालन
मोरङ / निषेधाज्ञाको अवधिमा गरीब समुदायका व्यक्तिलाई आवश्यक खाद्यान्न उपलब्ध गराउन विभिन्न छ संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आजदेखि विराटनगर महानगरपालिका–५ मा फुड बैँक सञ्चालनमा ल्याएका छन् ।
नटराज एग्रो भेट, शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प, तुलसी बहुमुखी सहकारी संस्था, शिव शिखर एग्रो र गोर्खा टी एन्ड कफीले आगामी सात दिनसम्म दैनिक बिहान ७ः०० देखि १०ः०० बजेसम्म दुई सय व्यक्तिलाई खाद्यान्नबापत दुई किलो चामल, ५०० ग्राम दाल, एक किलो नुन र एक सय ग्राम सोयाबिन वितरण शुरु गरेको छ ।
दैनिक मजदूरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएकामा केही सहयोग पुगोस् भन्ने उद्देश्यअनुरुप सहयोग शुरु गरेको नटराज एग्रोका बजार व्यवस्थापक सीताराम बर्तोलाले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोगअनुसार निषधेज्ञाको अवस्था हेरेर पछि थप दिनलगायत थप खाद्यान्न वितरण गरिने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस