बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा ८८ जनाको मृत्यु
एजेन्सी । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा ८८ जनाको मृत्यु भएको छ।
देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीहरूले जनाएका छन्। डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरूबीच भिडन्त भएको प्रहरीको भनाई छ। घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो।
तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले जानकारी दिए। थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ। स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन्।
यसअघि गत अप्रिलमा पनि सोही ठाउँमा नौ प्रहरी र दुई जना नागरिक पनि आक्रमणमा परी मारिएका थिए।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस