अवैधरुपमा जुवामा लगानी गरिए कारबाही
काठमाडौँ / सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार नगर्न अपिल गरेको छ ।
मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपालमा केही समययता उक्त साइटका नाममा अवैध जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोवार भइरहेको जनाउदै त्यसो नगर्न अनुरोध गरेको छ । ‘‘यस्ता कार्य विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ को दफा ५को उपदफा (ज्ञ) को खण्ड (ख) को व्यवस्थाविपरीत भएकोले तत्काल त्यस्ता गतिविधि बन्द गर्न, त्यस्ता विज्ञापन तथा भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ ।’’ विज्ञप्तीमा भनिएको छ । मन्त्रालयले अन्यथा कानूनबमोजिम कारबाही हुने जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस