• जीवनशैली | Jiwanshaili
  • थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि, ६६३६ जना संक्रमणमुक्त


    काठमाडौं / नेपालमा ३४७९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ३०२४ जना र एन्टीजेन परिक्षणबाट ४५५ जना गरि जम्मा ३४७९ जना नयाँ संक्रमित थपिएका हुन् ।

    आज थपिएका संक्रमितमध्ये भक्तपुरका १४६ जना, ललितपरका २५४ काठमाडौंका ७३१ जना रहेका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोनाबाट १०१ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ६६३६ जना कोरोनामुक्त भएका छन् । हाल संक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस