कोरोनाः सङ्क्रमणको अनुपातमा घटेन मृत्यु दर
सुदूरपश्चिम / सुदूरपश्चिम प्रदेशमा गएको हप्तामा कोरोना भाइरसको सङ्क्रमण घट्दैै गएको देखिए पनि सङ्क्रमणको अनुपातमा मृत्यु दर घट्न सकेको छैन । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार गएको हप्तामा प्रदेशमा ४२ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सो अवधिमा १२ हजार ७६० जनाको नमूना परीक्षण हुँदा झण्डै १६ प्रतिशत अर्थात् दुई हजार ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
अघिल्लो हप्तामा ५७ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । सो अवधिमा १५हजार ३६१जनाको नमूना परीक्षण गरिँदा झण्डै २४ प्रतिशत आर्थात् तीन हजार ६२०जनामा सङ्क्रमण भएको पाइएको थियो ।
यस्तै गएको हप्तामा सात हजार ६१ जना उपचारपछि घर फर्किनु भएको छ । अघिल्लो हप्ता तीन हजार ८८६ जना उपचारपछि निको हुनुभएको थियो ।
निर्देशनालयका अनुसार पछिल्लो २४घण्टामा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडी जिल्लामा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । प्रदेशको जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये आजसम्म भण्डै नौ प्रतिशत अर्थात् दुई लाख ३६हजार ६१९को कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस