• जीवनशैली | Jiwanshaili
  • तास खेलिरहेको अवस्थामा १० जना पक्राउ


    काठमाडौं / काठमाडौं महानगरपालिका—२६ गोंगबुचोक डेरा गरी बस्ने फ्रिदा जोशीको कोठामा तास खेलिरहेको अवस्थामा काभ्रे साँगा घर भई हाल काठमाडौं कलंकी बस्ने ४५ वर्षीया सरिता जोशी लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    फ्रिदा जोशीको कोठामा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    हाल फरार फिद्रा जोशीको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस