कोरोना संक्रमणबाट मुटु रोग विशेषज्ञ डा.सुवेदीको निधन
काठमाडौं । मुटु रोग विशेषज्ञ डा.विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक रहेका ४२ वर्षीय डा.सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका डा.अमृत भुसालका अनुसार बिरामीको उपचारकै क्रममा उनलाई २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण देखिएसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा १० दिनसम्म उनको उपचार गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि डा.सुवेदीलाई थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । उनको एक हप्तादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । दुईदिन अघि परीक्षण गर्दा भने उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।
ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोल घर भएका डा.सुवेदीका श्रीमती र एक छोरी छन् । डा.सुवेदीले सन् २०१० मा बंगलादेशबाट एमबीबीएस र कार्डियोलोजीमा विशेषज्ञता हासिल गरेका थिए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस