• जीवनशैली | Jiwanshaili
  • थप ५१५३ जनामा संक्रमण पुष्टी, ६५७० जना संक्रमण मुक्त


    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ ।

    पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५७० जना संक्रमण मुक्त भएका छन् भने ५१५३ जना नयाँ संक्रमित थपिएका छन् ।

    योसंगै नेपालभर कोरोना संक्रमितको संख्या पाँच लाख ९५ हजार ३६४ रहेको छ । संक्रमित मध्ये पाँच लाख ४ हजार ५३० जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा  १०८ जनाको मृत्यु भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस