लिमीमा हटाइयो निषेधाज्ञा
हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ को लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइएको छ । वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीका लागि मङ्गलबारदेखि वडा नं ६ लिमी प्रवेश गर्न पाइने भएको छ ।
तील, जाङ, हल्जीगाउँका अगुवाको उपस्थितिमा कर्मचारीलाई मात्र प्रवेश गर्न दिइने भएको छ भने अन्य लिमी उपत्यकाको भ्रमणमा आउने आन्तरिक पर्यटकलाई प्रवेशमा निषेध यथावत् नै रहने भएको लिमी स्वास्थ्यचौकीका निमित्त कार्यालय प्रमुख लोकनाथ बोहराले बताए ।
वडा नं ६ मा कार्यरत कर्मचारीलाई तलब खुवाउनुपर्ने र विभिन्न योजनाको काम गर्नुपर्ने भएका कारण अन्य नागरिकलाई प्रवेश गर्न नदिइने भएको भए पनि कर्मचारीलाई प्रवेशमा मङ्गलबारदेखि खुला गरिएको उनले जानकारी दिए । उत्तरी नाम्खा गाउँपालिकामा अहिलेसम्म कोही कसैमा कोरोना सङ्क्रमण देखिएको छैन ।
यस्तै खार्पुनाथ गाउँपालिका–५ मा रहेको बाम्टागाउँमा निषेधाज्ञा हटाइएको छ । केही दिनअघि बाम्टामा परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको मङ्गलबार पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि निषेधाज्ञा हटाइएको बताइएको छ । अब बाम्टामा वडा नं ५ का स्थानीयवासी आवतजावत गर्न पाउने भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस