‘सबै पत्रकारले खोप पाउनुहुन्छ’
झापा / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताउनुभएको छ । प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले आज बिहान गरेको भर्चुअल बैठकमा उनले पत्रकारका लागि खोपको प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रालयबाट प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्राचार गरेर पत्रकारका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिइने उनले बताए। कोभिड–१९ बाट प्रेसजगत्मा परेको प्रभाव, पत्रकारका लागि उपचार तथा राहत, प्रेस काउन्सिलले गर्नुपर्ने कामका विषयमा प्रेस काउन्सिलले भर्चुअल छलफल आयोजना गरेको काउन्सिलका सदस्य गणेश पोखरेलले बताए ।
छलफलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, महासङ्घका प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासङ्घका जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
पत्रकार महासङ्घका प्रदेश अध्यक्ष घिमिरेले कोभिडबाट प्रभावित सञ्चारकर्मीका लागि लेखनवृत्ति दिइनुपर्ने माग गर्नुभयो । महासङ्घका प्रदेश सल्लाहकार मोहन काजीले कोभिडका कारण बन्द हुन पुगेका पत्रपत्रिकाको डिजिटल संस्करण व्यवस्थित गर्नका लागि पत्रिकाले पाउँदै आएको लोककल्याणकारी सुविधा एक वर्षसम्म स्वतः उपलब्ध गराउन सुझाव दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस