• जीवनशैली | Jiwanshaili
  • थप ४३४४ जनामा संक्रमण पुष्टी, ५७६८ जना संक्रमण मुक्त


     

    काठमाडौं / नेपालमा बुधबार ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको हो।

    त्यस्तै यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मृतक ८१ जनामा कोरोना पुष्टि भएको छ।

    देशभर हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ।

    यस्तै ५ हजार ७६८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

    नेपालमा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ८ हजार १७९ जना पुगेको छ ।

    काठमाडौं उपत्यकामा ९१५ कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ६७९ रहेका छन्। भक्तपुरमा ८५ र ललितपुरमा १५१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस