• जीवनशैली | Jiwanshaili
  • एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु


    काठमाडौँ– विश्व्यापी महामारीको रुपमा फैलिएको (कोरोना भाइरस) को दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ ।

    भारतमा दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ ।

    भारतमा दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा ९३ हजार ८९६ जनामा संक्रमण भएको छ ।

    यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ११ लाख ८३ हजार ४७५ जना संक्रिय संक्रमित छन् ।

     


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस