• जीवनशैली | Jiwanshaili
  • भारतको मुबईमा एक भवन भत्किँदा ११ जनाको मृत्यु


    एजेन्सी । भारतको मुबईस्थित माल्वानी क्षेत्रमा रहेको एक भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ ।

    भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार बुधबार राति तीन तले आवासीय भवन भत्किएर अर्को एक तले भवनमा खसेको थियो ।मृत्यु हुनेमा आठ जना बालबालिका र तीन जना वयस्क मानिसहरु रहेको प्रहरीले जानकारी दिएको छ ।

    यो घटनामा थप सातजना घाइते भएका छन् । समाचारमा उल्लेख गरिए अनुसार अझै धेरै मानिस पुरिएको आशंकामा अहिले खोजीकार्य चलिरहेको छ ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस