• जीवनशैली | Jiwanshaili
  • म्यानमारकी नेतृ सुकीमाथि भ्रष्टचारका थप मुद्दा


    एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीविरुद्ध भ्रष्टचारसम्बन्धी मुद्दाहरू थपिएका छन् ।

    सुकीविरुद्ध औपचारिक सुनुवाइ सुरु हुन केही दिनमात्रै बाँकी रहेका बेला नयाँ अभियोगहरू थपिएको बीबीसीले जनाएको छ । सोमवारदेखि सुकीविरुद्ध औपचारिक सुनुवाइ हुँदैछ । म्यानमारको एन्टी–करप्सन कमिशनले गरेको छानबिनपछि याङ्गुन क्षेत्रका पूर्वमुख्यमन्त्रीसँग ६ लाख डलर र सुन लिएको अभियोग सुकीमाथि थपिएको छ ।

    यस्तै द खिन कि फाउन्डेशनको अध्यक्ष भएका बेला सुकीले सम्पत्ति र जग्गा लिजमा दिने क्रममा अनियमितता गरेको अभियोग थपिएको बीबीसीले जनाएको छ । सुकीमाथि यसअघि नै लाइसेन्स विना वाकटकीहरू राखेको, कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका नियम तोडेको, उपनिवेशकालदेखिको देशको आधिकारिक गोप्य ऐन तोडेको लगायत मुद्दा लागेको छ ।

    गएको फेब्रअरी १ मा सेनाले सत्ता हत्याएपछि सुकी हिरासतमा छिन् । सेनाले सत्ता हातमा लिएपछि भएको प्रदर्शनमा आठ सय ५० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस