नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त
काठमाडौँ / भारतले नेपाली सेनालाई कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु श्यया, पिपिई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । सो अवसरमा प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस