• जीवनशैली | Jiwanshaili
  • काठमाडौं सहित देशका धेरै ठाउँमा भारी वर्षा


    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परेको छ ।

    केही ठाउँमा अहिले पनि मेघगर्जनसहित पानी पर्दैछ भने केही ठाउँमा रोकिएको छ । मौमसविद्ले यो हप्ताभरि नै पानी पर्ने पूर्वानुमान गरेका छन् । अबको एक हप्ताभरि नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिनभित्रै नेपालमा मनसुन भित्रिने जनाएको छ ।

    विभागले आज सूचना निकालेर मनसुन पूर्वी नेपालबाट भित्रिने र आउँदो हप्ताभरि देशका धेरैजसो ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको हो । हप्ताको मध्य तथा अन्त्यतिर प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक /दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ ।

    केही उच्च पहाडी र हिमाली ठाउँमा हिमपात पनि हुने विभागले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस