पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने
काठमाडौं । पाठ्यपुस्तक ढुवानीलाई अत्यावश्यक सेवामा राखिने भएको छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा रहेको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको आजको बैठकले पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरी ढुवानी गराउने निर्णय गरेको हो । समितिका सदस्य एवं अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राखेर तत्काल वितरण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए।
केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको अध्यक्षतामा भएको बैठकले शिक्षक तथा पुस्तक बिक्रेतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि आग्रह गरेको छ । आउँदो असार १ गतेदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी भए पनि पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन । कोरोना महामारीका कारण पाठ्यपुस्तक ढुवानीमा समस्या भइरहेको छ ।
यसैगरी पाठ्यक्रम विकास केन्द्रले सूचना निकालेर स्वीकृत पाठ्यपुस्तक मात्रै बिक्रीवितरण र पठनपाठन गराउन र नेपालको नयाँ नक्सा समावेश भएका पुस्तक मात्रै प्रयोग गर्न आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस