बैतडीमा यात्रुको पनि कोरोना परीक्षण
बैतडी / बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ । जेठ १८ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले खोडपेमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन विधिमार्फत जिल्ला भित्रिने यात्रुको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने कार्य भइरहेको बताए । उनले भने,“हालसम्म ५ सय ३ जनाको कोरोना परीक्षण गरिएकोमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका यात्रुलाई आइसोलेट गरेका छौं ।”
दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । गत जेठ १८ गतेदेखि तेस्रोपटकका लागि जारी भएको निषेधाज्ञालाई कडाई गर्दै अनिवार्य रुपमा कोरोना परीक्षण थालिएको हो । उनले भने,“ जिल्ला भित्रिने यात्रुवहाक सवारी साधनलाई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै भित्रिन दिने भनेका छौं, रातिमा जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनमा रोक पनि लगाएको छौं।” बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खोडपेमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी परिचालन गरी कोरोना परीक्षण कार्य भइरहेको हो । हेल्थ डेस्कमा कोरोना परीक्षण गर्नका लागि ६ जना स्वास्थ्यकर्मी परिचालन गरिएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यसअघि भारतसँग जोडिएको सीमानाका झुलाघाटमा पनि हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षणको काम भइरहेको छ । बैतडीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यहाँ कोरोनाका कारण १६ जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस