सिद्धार्थ राजमार्ग एकतर्फी पुनः सञ्चालन
वालिङ / आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिराका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा पहिरो झरेको थियो । पोखराबाट आएको सडक विभागको डोजरले बाटो खुलाएसँगै अहिले त्यहाँ रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । अहिले एकतर्फी खोलेर पुनः सञ्चालन गरिएको छ । दुईतर्फी खुलाउन पहल भइरहेकाले अझै केही समय लाग्ने छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस