गरिब देशलाई सहयोग गर्ने जी-सेभेन राष्ट्रका नेताहरुको प्रतिबद्धता
काठमाडौं । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी-सेभेनले पास गरेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताएका छन्।
अमेरिका समर्थित बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई चीनको महत्वाकाङ्क्षी बेल्ट एण्ड रोड इनिसिएटिभको विकल्पको रुपमा हेरिएको छ । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले कयौँ देशमा रेल, सडक र बन्दरगाह सुधारका लागि आर्थिक सहयोग गर्दै आएको छ ।
तर, जी-सेभेनले भने यसमार्फत चीनले गरिब देशलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको टिप्पणी गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस