काठमाडौंमा रोखिएको खोप कार्यक्रम पुनः सुरु हुने
काठमाडौं । काठमाडौं महानगरपालिकामा रोखिएको कोरोनाविरुद्धको खोप कार्यक्रम सोमबारदेखि पुनः सुरु हुने भएको छ ।
६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो डोज खोप लगाइने भएको हो । महानगरमा यसअघि काठमाडौंका सबै वडा कार्यालयमा खोप कार्यक्रम गरिएको थियो ।
त्यसपछि सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेको भन्दै जेठ २८ गतेदेखि खोप लगाउने कार्यक्रम रोकिएको थियो । तर यो पटक खोप भने वडा कार्यालयमा नभइ अस्पतालहरुमा खोप लगाइनेछ ।
वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउने कार्यक्रम राखिएको छ । यसअघि, पाँच दिनसम्मका लागि तोकिएको खोप कार्यक्रम तीन दिनमा नै स्थगित गरिएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस