• जीवनशैली | Jiwanshaili
  • उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याइयो


    काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याइएको छ।

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले केही खुकुलो पार्दै निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एक साता निषेधाज्ञा थप्ने निर्णय भएको जानकारी दिए। उनले केही क्षेत्रमा समेत खुकुलो बनाएको जानकारी दिए।

    उनका अनुसार १ गतेबाट खाधान्न पसल, तरकारी पसल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ। ‘कृषि बस्तुको ढुवानी गर्न पाइने निर्णय भएको छ,’उनले भने,‘सार्वजनिक पसलहरु चार बजेपछि सञ्चालन गर्न पाइने छन्,होटल टेक अवेको रुपमा सञ्चालन गर्न पाइने छ।’

    यस अघि निषेधाज्ञा जेठ ३१ गते सम्म लागू गर्ने निर्णय गरिएको थियो।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस