एसईई मूल्याङ्कन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने
काठमाडौं । विद्यालयहरूले एसईई मूल्याङ्कन नतिजा असार २० गतेभित्र बुझाउनुपर्ने भएको छ ।
विद्यालयहरूले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा असार २० गतेभित्र नतिजा बुझाउनुपर्ने निर्णय भएको बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए। बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्याङ्कन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको अध्यक्ष पौडेलले बताए।
कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण भौतिक रूपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले यस वर्ष पनि विद्यालयहरूले मूल्याङ्कनकै आधारमा नतिजा सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष पौडेलका अनुसार नयाँ कार्यविधि भोलि सार्वजनिक गरिँदैछ । विषय शिक्षकले कार्यविधिले तोकेअनुसार मूल्याङ्कन गरेको नतिजा विद्यालयको मूल्याङ्कन समितिमा पेस गर्नुपर्नेछ । मूल्याङ्कन समितिले मूल्याङ्कन कार्यविधिले तोकेअनुसार रुजु गरी प्रमाणित गर्नुपर्छ ।
त्यो मूल्याङ्कनको नतिजाको हार्ड कपी, सफ्ट कपी असार २० गतेभित्र शिक्षा विकास समन्वय इकाइलाई बुझाउने अध्यक्ष पौडेलको भनाइ छ । यस्तै इकाइले विद्यालयले बुझाएको मूल्याङ्कन नतिजा रुजु एवम् प्रमाणित गरी असार महिनाभित्र पठाउनुपर्ने कार्यविधिमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस