सोमबारको मौसमः यी स्थानमा भारी बर्षा हुने
आज २०७८ जेठ ३१ गते सोमवार हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभाग सम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाकी प्रदेशका एकदुई स्थानहरुमा वर्षा भईरहेको छ ।
सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
यस्तै आज सोमबार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस