गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे
सिमकोट / हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ । गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको बताइएको छ । गल्फागाड गाउँका नागरिकलाई बिरामी हुँदा गाउँमा स्वास्थ्यचौकी नभएर एक घण्टाको पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा रहेको स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ ।
स्वास्थ्यमा सामान्य खराबी आए पनि नजिकमा स्वास्थ्यचौकी नहुँँदा यहाँका नागरिकले समयमै उपचार नपाउने गरेको सिंह भण्डारीले बताए । सिटामोलसमेत समयमै नपाउनुका साथै वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने र उपचार गर्न लैजान पनि गाह्रो हुने गरेको उनले बताए ।
यता गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराका अनुसार आफूलाई अहिलेसम्म गल्फागाड गाउँमा बिरामी भएको खबर नआएको बताउनुभयो । गाउँमा बिरामी भएको खबर आएको खण्डमा स्वास्थ्यकर्मी जाने अन्यथा नजाने उहाँको भनाइ थियो । गल्फागाड गाउँमा करिब ३० घरधुरी छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस