विश्वको सबैभन्दा ठूलो परिवारका घरमुलीको निधन
एजेन्सी । विश्वको सबैभन्दा ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ ।
भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने ७६ वर्षीय चानाको निधन भएको बीबीसीले जनाएको छ । मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३६ जना नातिनातिनी छन् । उनीहरू सबै जना एक सय कोठा भएको चार तले घरमा बस्दै आएका छन् । यही परिवारका कारण बख्तवांग गाउँ पर्यटकको आकर्षणको केन्द्र बनेको बीबीसीले जनाएको छ ।
जियोना सिकर्मी हुनुहुन्थ्यो भने उहाँकी जेठी पत्नीले घरका सबै सदस्यको कामको बाँडफाँड र अनुमगन गर्नुहुन्छ । अरू पत्नी र छोरा–बुहारी खेतीपाती गर्छन् । केही छोराहरू पैसा कमाउनका लागि अरू काम पनि गर्छन् ।
चानाको परिवारमा दैनिक झन्डै ४५ किलो चामल, ४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा, ६० किलो तरकारी र २० किलो फलफूल खपत हुन्छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस